Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा नियुक्त

२०७८ पुष १६ गते

बैंकिङ खबर/ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले डेपुटी सीईओमा गोरख राणालाई नियुक्त गरेको छ। बैंकले सन् २०२२ को जनवरी १ देखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको छ।

उनीसँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्ष लामो कार्य अनुभव रहेको छ। राणा सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्डको रिटेल र प्राइभेट बैंकिङमा आबद्ध भए। सन् १९९६ मा उनी बैंकको कर्पोरेट र संस्थागत बैंकिङमा रहेर काम गरे। 

राणाले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेजलगायत विभिन्न पदमा काम गरेका छन्। 

Ad