Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तकाे १५ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

२०७८ पुष १४ गते

बैंकिङ खबर।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ। संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८४६ रुपैयाँ आर्जन गर्न सफल भएको हो।

संस्थाको १५ औं वार्षिक साधारणसभाको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले १ लाख ४८ हजार ३२ घरपरिवारमा लघुवित्त सेवा पुर्याई वित्तीय सेवा दिन सफल भएको बताए। साधारणसभाले सेयरधनीलाई वितरणयोग्य मुनाफाबाट २१.४८ प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयसमेत पारित गरेको छ।

बोनस वितरणपश्चात संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी गराए। राष्ट्रियस्तरको नेरुडेले हाल देशभरिका ३१ जिल्लामा १०७ वटा शाखा कार्यालयमार्फत १ लाख ५४ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको संस्थाका कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जानकारी दिए।