Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निधन भएको वर्षदिनमा लघुवित्तका प्रवर्तक डा. हरिहरदेव पन्तलाई सम्झिँदा…

२०७३ भाद्र २० गते

Dr. Harihar Dev Pant Sirनेपालमा लघुवित्तका प्रर्वतकका रुपमा चिनिनु हुने नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर एवम् वरिष्ठ अर्थविद डा. हरिहरदेव पन्तको निधन भएको यही भदौ २१ गते एक वर्ष पूरा भएको छ । गरिबी न्युनीकरणका लागि “सबैका लागि सुलभ वित्तीय सेवा” उपलब्ध गराउन आवश्यक छ भन्ने अवधारणाको उन्नयन, प्रवद्र्धन र ब्यवहारसम्मत कार्यान्वयनमा जीवनभर समर्पित रहेका डा. पन्तको २०७२ साल भदौ २१ गते निधन भएको थियो । वि.सं. २००१ साल असोज २३ गते जन्मिएका पन्तको ७२ वर्षको उमेरमा निधन भएको थियो ।

लघुवित्तका प्रर्वतक डा. पन्तको अग्रसरतामा वि.सं. २०४७ साल चैत्र १७ गते निर्धन नामक गैह्र सरकारी संस्थाको स्थापना गरेर वि.सं. २०४९ मा लघुवित्त कार्यक्रम सुरु गरिएको थियो ।  मातृ संस्था निर्धनको पहलबाट लघुवित्त बैंकका रुपमा निर्धन उत्थान बैंकको स्थापना भएको हो । नेपालको पहिलो लघुवित्त बैंकका रुपमा संचालनमा रहेको निर्धन उत्थान बैंकले हाल देशका सबै जिल्लामा रहेका १७८ शाखा संजालहरु मार्फत् करिब २ लाख ८० हजार घरधुरीमा रहेका ग्रामीण गरिब महिलालाई दिगो तरिकाले वित्तीय सेवा प्रदान गर्ने र सामाजिक चेतना जगाउने अभियानको रुपमा आफुलाई समर्पित गराउँदै आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, हाल देशभर गरेर ४२ वटा लघुवित्त बैंकहरु अर्थात् माइक्रोफाइनान्स संचालनमा छन्, ती लघुवित्त बैंकहरुमार्फत् देशभर गरेर १७ लाख ८२८ घरधुरीहरु प्रत्यक्ष लाभान्वित छन् ।

Ad