Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच आन्तरिक विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

२०७८ पुष १३ गते


बैंकिङ खबर/ इजीलिंक रेमिट्यान्स प्रा.लि. र कृषि विकास बैंकबीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड (ADBL Remit) मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका ७ हजार भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

हाल इजीलिंक रेमिट्यान्स प्रा.लि. ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुबाट पठाएको रकम कृषि विकास वैंकको देशभरि रहेका शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने साथै ग्राहकको खातामा विदेशबाट आएको रकम ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ ।

ग्राहकलाई भुक्तानीमा कुनै समस्या परेमा सिँधै कम्पनीको फोन नम्बर ०१–४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराएका छन् ।

Ad