
बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ । पदपुर्ती समितिले आवेदक मध्येबाट पाँच जनाको नाम सर्ट लिस्टमा राखेको हो । पदपुर्ति सिफारिस उपसमितिले ११ जना मध्येबाट तोयराज अधिकारी, बुद्ध काजी श्रेष्ठ, रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बरालको नाम सर्ट लिस्टमा राखेको छ । बराल झापाका हुन् भने बाँकी चारै जना काठमाडौंका हुन् ।
पदपुर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । उक्त सूचना अनुसार पेश भएका व्यक्तिहरु मध्येबाट शैक्षित योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजना मूल्यांकनबाट प्राप्त गरेको अंकको आधारमा ५ जनाको नाम सिफारिस गरिएको हो । उक्त उपसमितिले यनिहरुलाई व्यवसायिक कार्ययोजनाको प्रतिस्तुतिकरण तथा अन्तर्वार्ताको लागि बोलाउने छन् ।