Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अब भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नु पर्ने

२०७८ पुष ५ गते

बैंकिङ खबर।

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई अन्तर्राष्ट्रियरुपमा प्रचलित मापदण्डको पालना गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो।

अब राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त संस्थाहरुले पेमेन्ट कार्ड इन्डस्ट्री– डाटा सेक्युरिटी स्ट्यान्डर्डस् (पीसीआई–डीएसएस), ईएमभी स्ट्यान्डर्ड, ईएमभी कन्ट्याक्टलेस स्ट्यान्डर्डजस्ता अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने भएको छ।

Ad