Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाताः फाइदा मात्रै होइन ‘फाइदै फाइदा’

२०७८ पुष ५ गते

बैंकिङ खबर/ एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक ‘सर्वश्रेष्ठ बचत खाता’ल्याएको छ । तपाईहरुकै आवश्यकतालाई मध्यनजर गर्दै सँधै आकर्षक र अतुलनीय फाइदासहितका निक्षेप योजनाहरू ल्याउने गरेको एनआईसी एशिया बैंकले यो विलकुलै नयाँ खाता ल्याएको हो ।
‘सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी नाता एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता’ श्लोगनसहितको नयाँ बचत खाताका धेरै फाइदाहरु रहेका छन् ।

ग्राहकको आवश्यकतालाई समेत ख्याल गरी बैंकले नयाँ-नयाँ प्रोडक्टहरू ल्याउने गरेको छ । सोही क्रममा बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ को नयाँ निक्षेप प्रोडक्ट ल्याएको हो ।

सर्वश्रेष्ठ नै किन ?

सर्वश्रेष्ठ खाताका २४ फाइदाहरूमध्ये बीमा सम्बन्धी तीनवटा, कर्जा सम्बन्धी तीनवटा र थप अन्य १८ फाइदाहरू रहेका छन् । जुन बैंकले ग्राहकका लागि उपलब्ध गराएको छ । सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक ब्याजदरका साथमा बीमाका फाइदा साथै अन्य अतुलनीय फाइदाहरू रहेका छन् । यसअन्तरगत नयाँ खाता खोल्ने ग्राहकरुले ७.०५ प्रतिशत ब्याजदर पाउनेछन् ।

यस बचत खातामा सर्वाधिक उच्चवार्षिक ब्याजदर रहेको छ । कर्जा सम्बन्धीका फाइदामा ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत प्रााप्त गर्न सकिनेछ । साथै पूर्व स्वीकृत कर्जा सुविधा समेत लिन सकिनेछ । त्यस्तै यस सर्वश्रेष्ठ बचत खाताअन्तर्गत १० लाख रुपैयाँसम्मको घातक रोग बीमा र दुर्घटना बीमा प्राप्त गर्न सकिनेछ । साथै १ लाख रुपैयाँसम्मको औषधी उपचार खर्च प्राप्त गर्न सकिनेछ ।
कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्न शुल्क नलाग्ने, नि:शुल्क लकर सुविधा, ५ वर्षसम्म निःशुल्क डेबिटकार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, स्वीपइन स्वीपआउटजस्ता सेवाहरु यसमा रहेका छन् ।

बीमा सम्बन्धी फाइदा

नेपालको बैंकिङ क्षेत्रमै बीमामा धेरै फाइदा दिने एनआईसी एशिया बैंक हो । बैंकले ल्याएको यस खातामा १० लाख रुपैयाँसम्मको १८ वटा विभिन्न घातक रोगको बीमा, १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा रहेको छ । यो खाता खोलेका ग्राहकलाई ओपीडीमा मात्रै २० हजार रुपैयाँको बीमा उपलब्ध छ । यस्तै अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त बीमा सुविधा वापत लाग्ने प्रिमियम बैंक स्वयंमले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्नेछ । जुन बैंकिङ क्षेत्रमानयाँ कुरा हो । । बैंकले २०७८ आश्विान मसान्तसम्म ६ सय १० ग्राहक महानुभावहरुलाई ३ करोड ८५ लाख बराबरको रकम यस सुविधा अन्तर्गत प्रदान गरिसकेको छ ।

कर्जामा सुविधा

एनआईसी एशिया बैंकले कर्जातर्फ तीन आकर्षक फाइदा प्रदान गरेको छ । जसअन्तगर्त औसत मौज्दातको १० गुणासम्म पूर्व स्वीकृत कर्जा सुविधा, कर्जाको ब्याजदरमा बेस रेट प्लस १ प्रतिशतमात्रै प्रिमियम र प्रशासनिक शुल्कमात्र ०.२५ प्रतिशत रहनेछ । बैंकले सार्वजनिक गरेको यस कर्जा सुविधाले बैंकिङ क्षेत्रमै पहिलो र ग्राहकका लागि निकै फाइदापुग्ने विश्वास लिइएको छ ।

मानौं, तपाईंको तीनमहिनाको औसत बचत १० लाख रुपैयाँ छ भने सो बचतको १० गुणाले हुन आउने एक करोड रुपैयाँ कर्जा पूर्व स्वीकृति कर्जा लिनपाउनु हुनेछ । यदितपाईंको बचतको १० गुणाभन्दा धेरै लिनु परेको अवस्थामा पनि बैंकले प्रचलित ब्याजदर र राष्ट्र बैंकले तोकेको प्रक्रिया साथै आन्तरिक नीति पूरा गरी कर्जा सुविधा उपलब्ध गराउँछ । ३ महिनाको औसत बचत १० लाख रुपैयाँ छ तर ग्राहकलाई १ करोड ५० लाख रुपैयाँ आवश्यकता परेको छ भने १ करोड रुपैयाँ विशेष पूर्व स्वीकृत कर्जाको सहुलियतमा र बाँकी ५० लाख रुपैयाँ प्रचलित ब्याजदर र राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी उपलब्ध गराउनेछ ।
अहिले बैंकिङ क्षेत्रमा तरलता समस्या छ । हालको तरलता समस्याभएको अवस्थामाकतिपय बैंकहरूले बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिने गरेका छन् । यस्तो अवस्थामा एनआइसी एशियाको यो योजनाग्राहकहरूका लागि निकै लाभदायी हुने देखिएको छ ।

स्वीपइन–स्वीपआउट

एनआइसी एशिया बैंकको अर्को अतुलीनय फाइदा भनेको स्वीपइन–स्वीप आउट पनि हो । बैंकिङ्ग क्षेत्रकै नवीन र उत्कृष्ट सुविधाअन्तर्गत स्विपइन–स्विपआउटमा बचत खाता र मुद्दतीखाता दुवैगुणहरू समाहित रहेको हुँदा यो उच्चतम फाइदा हो । जसमा बचत खाताको जस्तै चाहेको समयमा बैंकबाटआफ्नो रकम निकाल्न सकिनेछ भने खातामा जम्मा भइरहँदा मुद्दती निक्षेपको उच्च ब्याजदर प्राप्त हुनेछ ।

स्विप इन–स्विप आउट सुविधा बैंकको सर्वश्रेष्ठ बचत खाताका एम्बेसडर श्रेणीमा २ लाख रुपैयाँभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजार रुपैयाँको गुणनमा तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा सर्वाधिक उच्च १०.०५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्न सकिन्छ । यसबाट एउटा बचत खाताखोल्दा पनि मुद्दती खाता सरह ब्याजदर प्राप्त गर्न सकिन्छ ।

अन्य फाइदाहरु

एनआइसी एशियाका आफ्नै ४ सय ७३ वटा एटीएम मेसिनहरू छन् । यतिमात्र होइन नेपाल भर ४ हजार भन्दा बढि एटिएमबाट रकम निकाल्दा समेत सर्वश्रेष्ठ खाता योजनाका ग्राहकलाई शुल्क लाग्ने छैन । धेरै वाणिज्य बैंकहरूले कार्ड प्रयोगमा पहिलो वर्षमात्रै निःशुल्क सेवा दिने गरेका छन् ।

तर एनआईसी एशिया बैंकबाट ५ वर्षका लागि डेबिट कार्ड र मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ निःशुल्क सुविधा पाउन सकिनेछ । चेक क्लियरिङ, कनेक्टआईपीएस लगायतमा स-साना रकमहाम्रो खर्च भइरहेको हुन्छ ।

यो स–साना रकम हिसाबगर्ने हो भने ठूलो हुन आउँछ । तर यस्ता धेरै शुल्कहरूमा एनआईसी एशिया बैंकले निःशुल्क सेवा उपलब्ध गराउनेछ । कनेक्ट आईपीएस तथा चेक क्लियरिङ निःशुल्क, डिम्याट सेवामा लाग्ने शुल्क पुरै छुट, इकमर्स सञ्चालनमा निःशुल्क सहितका २४ फाइदाहरू ग्राहकले पाउनेछन् ।

 

Ad