Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तले सम्पन्न गर्यो प्रभावकारी फिल्ड व्यवस्थापन कार्यक्रम

२०७८ पुष २ गते

बैंकिङ खबर।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी र प्रोडक्ट लन्च कार्यक्रम शुक्रवार विराटनगरमा सम्पन्न गरेको छ। प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारी मध्ये ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी सम्पन्न गरेको हो।

प्रत्येक कर्मचारीलाई कम्तिमा वर्षमा १ पटक तालिम, गोष्ठी लगायत कार्यक्रममा सहभागी गराई उनीहरुको क्षमता विकास गर्न यसअघि प्रदेश १ र २ मा गरी १२० जना फिल्ड कर्मचारीहरुलाई गोष्ठीमा सहभागी गराइसकेको छ भने यस्ता कार्यक्रम निरन्तर चलिरहने संस्थाका योजना विभागका प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखद्वय ऋषिप्रसाद न्यौपाने, दिनेश कटुवाल र प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले दैनिक मौज्दातमा ८ प्रतिशतका दरको समृद्घि बचत खाताको शुुभारम्भ गरेका थिए। यो प्रोडक्टले ग्राहक सदस्यहरुमा बचत गर्ने बानीको विकास हुने र जम्मा गरेको रकमको उचित मूल्य पाउने संस्थाले विश्वास लिएको छ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले ०७८ असोज मसान्तसम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखा मार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।