
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै १ विकास बैंक र ६ वित्तकम्पनीहरुलाई राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको connect RTGS को प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्डफाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभफाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्तप्रणालीमा थपिएका छन्। यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा च्त्न्क् प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तिय संस्थामध्ये ४२ वटा संस्थाएनसीएचएलद्वारा सञ्चालित connect RTGS मार्फत सो प्रणालीमा जोडिएका हुन् ।
आरटीजीएस प्रणाली मार्फत् रु २ लाखभन्दामाथिका र तत्कालगरिने भुक्तानीहरू अबयीविकास बैंक र वित्तकम्पनीहरुका ग्राहकहरु वाअन्तर्बैंक भुक्तानीको लागिप्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवालिन सक्छन् ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गर्न connect RTGS प्रणाली प्रदान गरेको हो । आरटीजीएस प्रणालीको पहुँचसँगै विधुतिय कारोबारको आकर पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।