Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०७८ पुष १ गते

बैंकिङ खबर।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ।

संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दैछ। यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ।

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्दैछ। लघुवित्तले १९ पुसमा चौथो वार्षिक साधारणसभा बोलाएको छ। सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु हुनेछ।