
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले तरलता अभावको समाधानका लागि राष्ट्र बैंकले काम गरिरहेको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै ढुंगानाले तरलता अभावको सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामहरु गरिरहेको बताइन् । कर्जाको माग र निक्षेपमा असन्तुलन हुँदा तरलता अभाव भएको उनको भनाइ छ ।
यस्तै उनले पुँजी बजारमा नेपाल राष्ट्र बैंकको कुनै पनि संलग्नता नहुने बताएकी छन् । सेबोनले नै क्यापिटल मार्केट हेर्ने र नेपाल राष्ट्र बैकले क्यापिटल मार्केटलाई कहिले पनि रेगुलेट नगर्ने उनको भनाइ छ ।