Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा विकासका लागि पुँजीको समस्या छैन, स्पष्ट धारणा बनाउन जरुरी छ: अर्थमन्त्री

२०७८ मंसिर २९ गते

बैंकिङ खबर।

अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यक्ता औँल्याएका हुन्।

‘नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन,’ अर्थमन्त्रीले भने, ‘हामीले विकाससम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ। स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्‍यो, समाजको हुनुपर्‍यो, लगानीकर्ताको हुनुपर्‍यो, निजी क्षेत्रको हुनुपर्‍यो । यहाँ त्यो स्पष्ट धारणाको अभाव छ।’

‘अहिले भर्खरै स्थानीय तहमा पनि बैंक पुगेर अलिअलि त्यहाँ पैसा राख्ने चलन बढेको छ’, उनले भने, ‘तर, अझै पनि घरको दलिनमाथि पैसा राख्ने चलन छँदैछ।’ त्यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री शर्माले विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको र पहिले सरकारले आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने उल्लेख गरे। सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पुँजी धेरै बताए।

उनले पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परिपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने उल्लेख गरे ।