Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यस्ताे छ राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेकाे विनिमय दर

२०७८ मंसिर २९ गते

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९ पैसा र बिक्री दर १२१ रुपैयाँ २९ पैसा कायम गरेको छ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ८७ पैसा र बिक्री दर १३७ रुपैयाँ ५५ पैसा छ। युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १३ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ। आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९६ पैसा छ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र बिक्री दर १० रुपैयाँ ७१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९९ पैसा र बिक्री दर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्रि दर १० रुपैयाँ २८ पैसा कायम छ।

Ad