
बैंकिङ खबर/ गैर आवाशीय नेपालीले विदेशी मुद्राबाट नेपाली बैंकमा खाता खोल्न पाउने भएका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापानी येन र चिनिया युआनले खाता खोल्न पाइने भएको हो । खाता खोल्दा न्यूनतमा ५ हजार अमेरिकी डलर वा सो बराबरको रकम निक्षेप हुनुपर्ने छ ।
राष्ट्र बैंकको २०७८ मङ्सिर १४ गतेको पत्रअनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली आवद्ध संस्थाहरूले खाता खोल्न पाउने भएका छन् । खाता खोल्न आवश्यक परेमा थप जानकारी बैंकहरूले जानकारी उपलब्ध गराउनेछन् । यो सँगै विदेशमा रहेका नेपालीहरूले सहजै विदेशी मुद्राबाट बैंकमा खाता खोल्न पाउने भएका छन् ।