
बैंकिङ खबर।
गणपति लघुवित्त वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्ष पुरा गरि छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
यसै अवसरमा केन्द्रीय कार्यालय मार्फत पोखरा–३२ मा अवस्थित राधाकृष्ण बृद्धाश्रममा रहेका जेष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । साथै संस्थाका विभिन्न शाखा कार्यालयहरु मार्फत सरसफाई कार्यक्रम, बृक्षारोपण, शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण जस्ता विभिन्न कार्यक्रम मार्फत स्थापना दिवस मनाईएको छ ।
२०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३२ हजार ९ सय १६ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । साथै हालसम्म ५० करोड रुपैयाँ बराबरको बचत संकलन भएको छ भने लगानीमा रहिरहेका कर्जा २ अर्ब ५ करोड रुपैयाँ छ।



