Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सूर्योदय लघुवित्तले १६ पुसमा बोलायो साधारणसभा, वोमीसँगकाे मर्ज मुख्य एजेन्डा

२०७८ मंसिर २३ गते

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा १६ पुसमा बोलाएको छ। संस्थाले लाभांश प्रस्ताव पारित गर्न सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा सभा आह्वान गरेको हो।

सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहलगायत विषयमा छलफल गर्ने एजेन्डा पनि रहेको छ। सभामा सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज गरिने प्रस्ताव पनि पेश हुनेछ। वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुनेछन्।

प्रबन्धपत्र संशोधन गर्नेलगायत एजेन्डा पनि छन्। नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त आपसमा मर्ज हुन सैद्धान्तिक सहमति पनि दिइसकेको छ। यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ। यसअघि दुबै कम्पनीबीच १५ भदौमा मर्ज हुने सम्झौता भएको थियो।