Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता, ५ अर्ब ६७ करोड क्षतिपूर्ति दाबी

२०७८ मंसिर १७ गते

बैंकिङ खबर/ ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता भएको छ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुको निक्षेप ठगी गरेको आरोपमा तामाङविरुद्ध मुद्दा दर्ता भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिलले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि गत शुक्रबार (मंसिर १० गते) सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो । उनीसहित अन्य ११ जना पनि पक्राउ परेका थिए ।

Ad