सिटिजन्स बैंकको सीईओमा पुनः पोखरेल नियुक्त

  बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । माघ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई विभिन्न पदमा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०६५ साल देखिनै […]


बैंक अफ काठमाण्डूको सिइओमा श्रवललाल मास्के नियुक्त

बैंकिङ खबर । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवललाल मास्के नियुक्त भएका छन्। बैंक बसेको संचालक समितिको बैठकले बैंकमै कार्यरत मास्केलाई सिइओ बनाएको हो । उनी तीन महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिए। चार बर्षे कार्यकाल पुरा गरेर शोभनदेव पन्त अवकाश भएपछि मास्के कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका हुन् । नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग […]


नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा रवीन्द्र घिमिरे नियुक्त

बैकिङ खबर । सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले पुनर्बिमाको सञ्चालक सदस्यमा मदन पोख्रेललाई नियुक्त गरेको छ ।


सुदेश खालिङले सम्हाले एभरेष्ट बैंकको नेतृत्व

बैंकिङ खबर । वरिष्ठ बैंकर सुदेश खालिङले एभरेष्ट बैंकको नेतृत्व आजबाट सम्हाल्नु भएको छ । भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले पहिलोपल्ट नेपाली सीईओ पाएको हो । खालिङभन्दा पहिला भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर यसपटक भने एभरेष्ट बैंक संचालक समितिको बैठकले […]


युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पूर्व बैंकर विश्वमोहन अधिकारी

बैंकिङ खबर । सरकारले विश्वमोहन अधिकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक मा नियुक्ती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कोषको प्रमुखमा नियुक्त गरेको हो । उनी पूर्व बैंकर हुन् । अधिकारी ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंक एनएमबी बैंकमा मर्जर भएपछि अधिकारीले बैंकिङ यात्रा छाडेका थिए […]


सञ्चय कोषका प्रमुख प्रशासक गौतम पदमुक्त

बैंकिङ खबर/ सरकारले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको हो । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । गौतम २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य हुनुहुन्थ्यो । तत्कालिन प्रधानमन्त्री […]


ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गर्नुभएको छ । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक […]


आइ.सि.एफ.सि. फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त

बैंकिङ खबर । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई भाद्र १ गते देखि नियुक्त गरेको छ । उनले विगत १३ वर्षदेखि आइ.सि.एफ.सि. फाइनान्समा बिभिन्न विभागहरुमा रहेर काम गरिसकेकाछन् । श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । अमित श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् । उनको बैकिङमा १९ बर्षको […]


मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर

बैंकिङ खबर/दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर नियुक्त हुनुभएको छ । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहनुभएकाे छ । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा नियुक्त हुनुभएको हो । मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो । यसअघि मानन्धर प्राइम कमर्सियल बैंकको एजिएम हुनुहुन्थ्यो […]


सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

बैंकिङ खबर । सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । उनीमा बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । सुदेश खालिङले राजीनामा दिएपछि रिक्त हुन गएको […]