Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सको पुँजीवृद्धि योजना : २० प्रतिशत बोनसपछि ६०० प्रतिशत हकप्रद सेयर

admin २०७४ असार २ गते
सेयर:

एभरेष्ट इन्स्योरेन्स कम्पनीले पाँच आर्थिक वर्षको साधारणसभा एकैदिन गर्ने भएको छ । कम्पनीले पुँजीवृद्धिका लागि बम्पर योजना लिएर असार २३ गतेका लागि साधारणसभा डाकेको हो । साधारणसभाले हालको पुँजीलाई दुई अर्ब पुर्याउने बिशेष प्रस्ताव पारित गर्ने छ । 

कम्पनीले २०७२।७३ को मुनाफा बाट २० प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको छ । साथमा कर प्रयोजनका लागि १० लाख ६५ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पनि अघि सारेको छ । त्यस्तै, बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजी १२ करोड १५ लाखको ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्ने भएको छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि चालु र आउँदो आर्थिक बर्षको मुनाफा एवं पुरानो रिजर्भबाट बोनस सेयर जारी गरेर समितिले तोके बमोजिम पुँजी पुर्याउने कम्पनीको योजना छ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।