Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक लाख २० हजार कित्ता आईपीओ जारी गर्दै महुली सामुदायिक लघुवित्त

२०७३ कार्तिक १८ गते

ipoमहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले एक लाख बीस हजार कित्ता आईपीओ जारी गर्न प्रक्रिया अघि बढाएको छ । यसअघि नै सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एन.सि.एम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको संस्थाले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

सप्तरीको बकधुवा ९ महुलीमा प्रधान कार्यालय रहेको कम्पनीको अहिले २ करोड १५ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको पुँजी ३ करोड ३५ लाख रुपैंया पुग्नेछ । 

२०७० जेष्ठ ३० गतेबाट कारोबार संचालन गर्दै आएको यो संस्थाले हाल सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लाको कार्यक्षेत्रमा २८ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।