राष्ट्र बैंकले जित्यो १० लाख अमेरिकी डलरको मुद्दा

नेपाल राष्ट्र बैंकले १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ । अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्धा नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकले जितेको हो । सुडान घोटालासँग जोडिएको भनिएको तरला इन्टरनेसनलका सञ्चालक असिम क्षत्री खत्रीले हालेको मुद्दामा अमेरिकी माथिल्लो अदालतले राष्ट्र बैंकका पक्षमा फैसला सुनाएको हो । के थियो घटना ? घटनाअनुसार […]


घरै नहुनेले मात्र सहुलियत ऋण पाउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवास निर्माणका लागि सरकारले भुकम्पपीडितलाई दिने सहुलियत ऋण बस्न मिल्ने घर नभएकालाई मात्र दिन बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनिसहितको परिपत्र जारी गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले भुकम्पपीडितलाई व्यक्तिगत आवास निर्माणको लागि प्रदान […]


राष्ट्र बैंकले सुरु गर्याे विपन्न जिल्लाहरुको वित्तीय पहुँचबारे सर्वेक्षण 

नेपाल राष्ट्र बैंकले गरिबीको उच्च जोखिममा रहेका जिल्लाहरुको आर्थिक स्थिती, वित्तीय पहुँच र सम्भावनाका विषयमा सर्वेक्षण थालेको छ । राष्ट्र बैंकले मानव विकास सूचकांकमा निकै पछाडि परेका दार्चुला, बझाङ, कालिकोट, बाजुरा र हुम्ला जिल्लामा सर्वेक्षण अध्ययन थालेको हो । सर्वेक्षणमा सो जिल्लाका वित्तीय अवस्था, स्थानीय उत्पादन, गरिबी, शिक्षा, कृषि र रोजगारीका विषयमा प्रश्नावली अध्ययन गरिने […]


राष्ट्र बैंकले गर्यो पौने ५ खर्बको तरलता प्रशोचन

आर्थिक वर्ष २०७२/७३ को दश महिनासम्ममा नेपाल राष्ट्र बैंकले ४ खर्ब ७७ अर्ब ५५ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोल मार्फत २ खर्ब ९७ अर्ब ५० करोड रुपैँया, रिभर्स रिपो मार्फत (टर्नओभरको आधारमा) १ खर्ब ७० अर्ब ९५ करोड रुपैँया तथा सोझै बिक्री बोल–कबोल मार्फत ९ अर्ब १० करोड रुपैँया तरलता […]


गभर्नर डा. नेपालको एक प्रश्न, जसले विदेशीको मुख बन्द गर्यो  

एकपटक नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीबि नेपाल एक कार्यक्रममा सहभागी हुन पोखरा पुगे । पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र मानिन्छ । त्यसैले पनि त्यहाँ राम्रा र स्तरीय होटलहरु प्रशस्तै छन् । पोखरामा उनलाई त्यहाँको एउटा राम्रो होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । त्यो होटल कुनै विदेशीले संचालन गरेको होटल थियो । पोखरामा […]


हजारको नोटमा अब जुम्ल्याहा हात्ती

सय रुपैँयाको नोट परिवर्तन गरेर सोमबारदेखि बजारमा ल्याएको नेपाल राष्ट्र बैंकले हजारको नोटमा पनि परिवर्तन गर्ने जनाएको छ । राष्ट्र बैंकका अनुसार, हजारको नोटमा अब दुई वटा हात्ती हुनेछन् । हाल चलनचल्तीमा रहेको हजारको नोटमा एउटा मात्रै हात्ती रहेको छ । अब बन्ने नयाँ नोटमा भने नेपालको हात्ती प्रजनन् केन्द्रमा नै जन्मिएका जुम्ल्याहा हात्तीको फोटो […]


पौने ६ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि ५ अर्ब ८० करोडको ट्रेजरी विल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । सरकारको नाममा केन्द्रीय बैंकले मंगलबार जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि दुई अर्ब ५० करोड निर्धारण गरिएको छ भने ३ सय ६४ दिनेका लागि ३ अर्ब ३० करोड रुपैयाँ बुधबार बोलकाबोलमार्फत विक्री गर्ने राष्ट्र बैंकले […]


गभर्नर डा. नेपालको हस्ताक्षरमा नयाँ नोट बजारमा

सोमबारदेखि बजारमा नयाँ नोट आएको छ । गभर्नर डा. चिरजींबि नेपालको हस्ताक्षर भएको पहिलो नोट बजारमा आएको हो । यसपालीको नयाँ नोटमा केही परिवर्तन गरिएको छ । एक सयको नोट नेपालमा सुरु भएको बेलादेखि नै पछाडिको भागमा एउटा गैँडा रहने गरेको थियो । नयाँ नोटमा दुई वटा गैँडा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । […]


१ हजार करोडको रिभर्स रिपो विक्रि गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी बुधबार १ हजार करोड रुपैँयाको रिभर्स रिपो विक्रि गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन विभागले सात दिने अवधिको रिभर्स रिपो विक्रि गर्न लागेको हो । सो रिभर्स रिपो असार ८ गते परिपक्व हुनेछ । 


एसीयू सञ्चालकहरुको बैठकलाई सम्बोधन गरेर फर्किए डा. नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल म्यानमारको केन्द्रिय बैँक नाई पेई ताउद्धारा आयोजित एसीयूका सञ्चालकहरुको ४५ औँ वैठकमा भाग लिएर मंगलबार स्वदेश फर्केका छन् । जेठ २१ गतेदेखि सुरु भएको बैठक जेठ २३ गते सकिएको थियो । डा. नेपालले बैठकको सम्बोधन गर्दै विश्वको वित्तीय स्थिती र नेपालको वित्तीय स्थितको बारेमा जानकारी गराए । उनले […]