ओम डेभलपमेन्ट बैंकका अध्यक्षले डेपुटी गभर्नरसमक्ष गरे सपथ ग्रहण

ओम डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्षले नेपाल राष्ट्र बैंकसमक्ष सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अध्यक्ष सुशील कुमार गोशलीलाई सपथ ग्रहण गराएका हुन् ।  बैंकको गत फाल्गुन २५ गते पोखरामा भएको ११औं बार्षिक साधारणसभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु सुशील कुमार गोशली, […]


लक्ष्मण रिसालको राजीनामा स्वीकृत, रोशन न्यौपाने बने एनआईसी एशिया बैंकको कामु सीईओ 

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदवाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । […]


मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।  बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ म नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर […]


कार्यकाल नसकिँदै एनआईसी एशिया बैंकका सीईओले दिए राजीनामा

बैंकिङ खबर । कार्यकाल नसकिँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन्। २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै राजीनामा दिएका हुन् । बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव भएका रिसालसँग बीमा क्षेत्रमा समेत काम गरेको अनुभव छ। रिसालले सन् १९९० मा तत्कालिन नेपाल […]


सहयोगी विकास बैंकको सीईओमा विनय रिजाल नियुक्त

बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैङ्क सञ्चालक समितिको हालै सम्पन्न बैठकले ४ वर्षका लागि उनलाई सीईओ नियुक्त गरेको हो ।  २० बर्ष देखि बैंकिङ क्षेत्रमा संलग्न रहेका रिजाल यसअघि सिभिल बैङ्कको क्रेडिट एड्मिनिष्ट्रेशन विभाग (सीएडी)को प्रमुख थिए । काठमाडौंको जैसीदेवलमा आमा बिना रिजाल […]


जानकी फाइनान्सको सीईओमा रजनिस कुमार सिंह नियुक्त

बैंकिङ खबर । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रजनिस कुमार सिंहलाई नियुक्त भएका छन् । रामनृत्य शर्माले राजिनामा गरेपछि सञ्चालक समितिले सिंहलाई नयाँ सीईओ नियुक्त गरेको हो ।   सिंह आगामी चार बर्षका लागि सीईओ भएका हुन् । सिंहले १२ बर्षदेखि सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । बैंक […]


मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना

बैंकिङ खबर । मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना चयन भएका छन् । प्रविणरमण पराजुलीले राजिनामा गरेपछि रिक्त पदमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी तिमल्सिना चयन भएका हुन् । नविल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रहेका पराजुलीले रिलायन्स लाइफ इन्स्योरेन्समा जानका लागि एसोसिएसन छोडेपछि अध्यक्षको पद रिक्त रहेको थियो । एसोसिएसनमा अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । […]


नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनुकुल भटनागर

बैंकिङ खबर । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा अनुकुल भटनागर नियुक्त भएका छन् । संघको मंगलबार बसेको कार्य समिति बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा भटनागरलाई नियुक्त गरेको हो । भटनागर नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।  ज्ञानेन्द्र ढुङ्गाना उपाध्यक्षबाट अध्यक्ष निर्वाचित भएपछि उपाध्यक्षको पद रिक्त रहेको थियो । संघमा अध्यक्ष […]


ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिने भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो ।   बैंकिङ तथा पूँजी बजारमा करिव १३ बर्षको अनुभव भएका ज्ञवाली यसअघि ज्योति विकास बैंकमा नै डेपुटी कार्यकारी प्रमुख […]


जनता बैंकका नवनिर्वाचित अध्यक्ष तथा संचालकको सपथ ग्रहण सम्पन्न

जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरंजीबि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी रायमाझीले पदभार ग्रहण गरेका हुन् । मिति २०७४ पौष २९ मा सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए ।  […]