September 3rd, 2018

ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा दुई पदाधिकारीहरु नियुक्त

बैंकिङ खबर । ज्योति बिकास बंैक लिमिटेडको उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । सोमबार(भदौ १८ गते) बैंकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका  हुन् । 

शुशिलकुमार शर्माको २३ बर्ष नेपाल एसबिआई बैक लिमिटेड र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभव रहेको छ । उनी यसअघि एसबिआई बैंकको क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत थिए । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागीय प्रमुख तथा क्षेत्रीय प्रबन्धकसम्मको काम गरेको अनुभव रहेको छ । 

त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैंकमा २० बर्ष काम गरेको अनुभब रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यसअघि एभरेष्ट बैंकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका ब्यक्तिहरुको नियुक्तिले ज्योति बिकास बैकको लक्ष्य प्राप्ति यात्रा अझ सहज हुने बिश्वास गरिएको छ । 

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएमार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने थप ३० वटा नयाँ शाखा तथा थप२७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६अर्बभन्दा बढि ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ भने हाम्रो विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडी बढाइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]