Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कामना सेवा विकास बैंकको निमित्त कार्यकारी प्रमुखमा प्रविण बस्नेत नियुक्त

२०७५ मंसिर ६ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी बस्नेतलाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । 

प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले भदौ ८ गते दिएको राजीनामा दिएका थिए । उनको राजीनामालाई पनि बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।  

सोही बैठकले नायव महाप्रवन्धक हरि प्रसाद लम्साललाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।