Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको डेपुटी सीईओमा भूपेन्द्र पाण्डे नियुक्त

२०७५ भाद्र २० गते

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । ७ सेप्टेम्बर अर्थात भदौ २२ गते शुक्रबारदेखि उनले आफ्नो कार्यभार सम्हाल्ने भएका छन् ।

उनी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओबाट राजीनाामा दिएर इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ नै भएर गएका हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । 

छिटै संचालनमा आउने तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कर्मचारी नियुक्तीको प्रक्रियालाई तीव्र पारिरहेको छ । नोभेम्बरसम्ममा सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक जाने गरी गृहकार्य भइरहेको बताइएको छ ।