भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलमा बैंक र नयाँ लगानीकर्ता बिच भएको सम्झौताअनुसार बैंकको बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको छ ।
कम्पनीमा निजी क्षेत्रबाट थप भएका सेयरधनीका तर्फबाट समेत गरि २०७५ श्रावण १४ गतेबाट लागु हुने गरि नयाँ संचालक समिति गठन गरिएको छ । नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरि तुलसी प्रसाद उप्रेती अध्यक्षमा चयन भएका छन् । अध्यक्ष उप्रेतीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पुरा गरि कार्यकारी निर्देशक पदबाट अवकाश लिएका थिए । यसबाहेक, उनले राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्था, नेपाल बंगलादेश बैंकमा संचालक र पश्चिमाञ्चल ग्रमिण विकास बैंकमा अध्यक्ष् ापदमा समेत कार्य गरिसकेका छन् । उप्रेतीले अर्थशास्त्र व्यवस्थापन तथा समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी आर्थिक विकास, व्यवस्थापन बिकास तथा लघुवित्त क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुमा सल्लाहकार तथा परामर्श सेवामा संलग्न छन् ।
क्यापिटलका अरु संचालकमा आदर्श राज पाण्डे चयन भएका छन् । लुम्बिनी बिकास बैंक तर्फबाट दिपक खड्का र हरि कृष्ण सुबेदी कायमै रहेका छन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा सौरभ तिमिल्सिना नियुक्त भएका छन् । उनले संयुक्त राज्य अमेरिका र थाइल्याण्डमा वित्तीयय व्यवस्थापनमा उच्च शिक्षा हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा कार्य गरिसकेका छन् ।
भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको भिबोर क्यापिटल बिगत तिन वर्षदेखि संचालन नाफामा रहेकोमा अगामी वर्षदेखि राम्रो व्यवसाय गरि खुद नाफामा जान सक्ने प्रक्षेपण गरिएको छ ।