गरिमा र सुभेच्छा विकास बैंकको एकीकृत कारोबार असार मसान्तबाट  

गरिमा विकास बैंक र सुभेच्छा विकास बैंकले असार मसान्तदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरको प्रकृया टुंगीएको जानकारी गराउँदै गरिमा विकास बैंकका प्रमुख कार्यकारी निर्देशक गोविन्द प्रसाद ढकालले गरिमा बैँकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजी वृद्धि योजना बमोजिम एक आपसमा गाभिने सम्झौता गरेका बैंकहरुले मर्जरको […]


पोखरा फाइनान्सले ल्यायो शेयर कर्जा योजना

पोखरा फाइनान्सले नयाँ कर्जा योजना ल्याएको छ । फाइनान्सले ग्राहकलक्षित सेवा विस्तारको क्रममा शेयर कर्जा नामक नयाँ योजना सुरु गरेको हो । फाइनान्सले सो कर्जा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनिको धितो सुरक्षामा सुलभ तरिकाबाट दिने बताएको छ । ग्राहकलाई वार्षिक ९ देखि १२ प्रतिशतसम्मको व्याजमा सो कर्जा प्रदान गरिने फाइनान्सले जनाएको छ । 


बाहिरी दुई देशमा सम्पर्क कार्यालय खोल्नेमा पहिलो बन्यो ग्लोबल आइएमई बैँक

ग्लोबल आइएमई बैंकले बुधबारदेखि भारतमा सम्पर्क कार्यालयको सुरुवात गरेको छ । भारतको नयाँ दिल्लीस्थित सम्र्पक कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल तथा भारतीय रिजर्व बैंकका जेनेरल म्यानेजर के. बि. पण्डितले संयुक्त रुपमा उद्घाटन गरे । यससँगै, अन्र्तराष्टिय स्तरमा अष्टेलिया र भारतगरी दुई देशमा सम्पर्क कार्यालय खोल्ने ग्लोबल आईएमई बैंक नेपालको पहिलो बाणिज्य […]


कालिञ्चोक डेभलपमेन्ट बैँक किन्दै टुरिजम डेभलपमेन्ट बैँक

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कालिञ्चोक डेभलपमेन्ट बैंक किन्ने भएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैँक टुरिजमले र दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको कालिञ्चोक किन्न लागेको हो ।  यी दुई बैंक बीच बुधबार किनबेचको सम्झौता भएको छ । सम्झौतापत्रमा टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडका […]


सनराईज बैंकले हकप्रद शेयर बिक्री गर्ने 

सनराइज बैंकले संस्थापक समूहबाट ३४ कित्ता र सर्वसाधारण समूहबाट २ लाख १८ हजार ४ सय ५४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्रार्फत बिक्री गर्ने भएको छ । खरिद गर्न इच्छुक संस्थापक, व्यक्ति, फर्म, कम्पनी तथा सङ्घ संस्थाहरुले बैशाख ७ गतेदेखि वैशाख १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।  बैंकले गत माघ ११ […]


सिटिजन्स बैँक दशौं वर्षमा प्रवेश : यसरी मनायो वार्षिकोत्सव

०६४ बैशाख ७ गते देखि २० औँ वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मंगलबारदेखि दिन देखि आफ्नो नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । बैँकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि बैँकको प्रमुख कार्यालयको प्रांगणमा सम्पन्न गरेको छ । बैँकले सामाजिक उत्तरदायित्व र खेलकुद प्रयोजन सहित करिब १५ […]


एभरेष्ट बैँकले ल्यायो मोबाइलमार्फत रकम पठाउने सुविधा

बैंकले आधुनिक बैंकिङलाई भित्र्याउने क्रममा एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा सुरु गरेको छ । यो सुविधा प्रयोग गरी रकम भित्र्याउने यो पहिलो बैंक हो । यो सुविधाबाट भारतमा रहेका धेरै नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ ।  भारतबाट पैसा पठाउन इच्छुक ग्राहकहरुले घरमै बसी मोबाइल÷इन्टर बैकिङको प्रयोगबाट पञ्जाव नेशनल बैंकका शाखाहरु तथा […]


इन्भेष्टमेन्ट बैँकको एफपीओमा नपरेको पैसा आइतबारदेखि फिर्ता

आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओ नपरेको पैसा फिर्ता हुने भएको छ । शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर अर्थात एफपीओ नपरेको पैसा फिर्ता गर्न लागेको जनाएको छ ।    आवेदनमा एनआईसी एशिया, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट र गुडविल फाइनान्सको खाता उपलब्ध गराउने आवेदकको पैसा भने उनीहरुकै बैंक खातामा जम्मा […]


पशु विमा गर्ने किसान बढे 

व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै नवलपरासीमा पशु विमा गर्ने किसानको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । विभिन्न विमा कम्पनीमार्फत पशु विमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।  विमा गराइने पशुमध्ये गाईको सङ्ख्या उल्लेखीय वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा पाँच हजार ५ […]


५० प्रतिशत हकप्रत वितरण गर्दै गुह्वेश्वरी मर्चेन्ट

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । कम्पनीले साढे १७ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ३३ करोड हाराहारी छ ।  कम्पनीले गत बर्षको नाफाबाट १५ प्रतिशत […]