Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इन्भेष्टमेन्ट बैँकको एफपीओमा नपरेको पैसा आइतबारदेखि फिर्ता

admin २०७३ बैशाख ५ गते
सेयर:

investment bankआइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओ नपरेको पैसा फिर्ता हुने भएको छ । शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर अर्थात एफपीओ नपरेको पैसा फिर्ता गर्न लागेको जनाएको छ । 
 
आवेदनमा एनआईसी एशिया, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट र गुडविल फाइनान्सको खाता उपलब्ध गराउने आवेदकको पैसा भने उनीहरुकै बैंक खातामा जम्मा गरिदिने कोषले जनाएको छ । कोषले तोकेका यी ४ वित्तियसंस्था बाहेक अन्य वित्तिय संस्थाको चेक उपलब्ध गराएको आवेदकले शेयर नपरेको पैसा फिर्ता लिन अनिवार्य रुपमा आवेदन स्लिपको साथमा नागरिकता वा अन्य आधिकारीक परिचयपत्र लिई आवेदन दिएको स्थानमा जानुपर्ने कोषले जनाएको छ ।

बैंकले प्रिमियम सहित ६ सय १ रुपैंयामा फागुन ११ देखि १४ गतेसम्म ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ गरेको थियो । जसमा परेको २ लाख १८ हजार ४ सय ६२ आवेदनमध्ये ३ सय ३२ वटा आवेदन रद्द भएको लगानी कोषले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।