सनराइज बैंकले संस्थापक समूहबाट ३४ कित्ता र सर्वसाधारण समूहबाट २ लाख १८ हजार ४ सय ५४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्रार्फत बिक्री गर्ने भएको छ । खरिद गर्न इच्छुक संस्थापक, व्यक्ति, फर्म, कम्पनी तथा सङ्घ संस्थाहरुले बैशाख ७ गतेदेखि वैशाख १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । बैंकले गत माघ ११ गतेदेखि चैत ७ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेकोले शिलबन्दीद्धारा बिक्री गर्न लागेको हो ।