April 21st, 2016

पोखरा फाइनान्सले ल्यायो शेयर कर्जा योजना

pokhara financeपोखरा फाइनान्सले नयाँ कर्जा योजना ल्याएको छ । फाइनान्सले ग्राहकलक्षित सेवा विस्तारको क्रममा शेयर कर्जा नामक नयाँ योजना सुरु गरेको हो । फाइनान्सले सो कर्जा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनिको धितो सुरक्षामा सुलभ तरिकाबाट दिने बताएको छ । ग्राहकलाई वार्षिक ९ देखि १२ प्रतिशतसम्मको व्याजमा सो कर्जा प्रदान गरिने फाइनान्सले जनाएको छ ।