April 20th, 2016

कालिञ्चोक डेभलपमेन्ट बैँक किन्दै टुरिजम डेभलपमेन्ट बैँक

DSC02418टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कालिञ्चोक डेभलपमेन्ट बैंक किन्ने भएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैँक टुरिजमले र दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको कालिञ्चोक किन्न लागेको हो । 

यी दुई बैंक बीच बुधबार किनबेचको सम्झौता भएको छ । सम्झौतापत्रमा टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडका तर्पmबाट अध्यक्ष बालकृष्ण सिवाकोटीले हस्ताक्षर गरेका छन् । 

नेपाल स्टक एक्स्चेन्जले कालिञ्चोक विकास बैंकको सेयर कारोबार रोक्का गरिसकेको छ । नेप्सेले बुधबार सूचना सार्वजनिक गर्दै टुरिजम् विकास बैंकले खरिद गर्न लागेको कालिञ्चोकको सेयर किनबेच स्थगित गरेको जनाएको हो । 

टुरिजमले यस अघि नै मातृभूिम विकास बैंक लिमिटेड किन्ने प्रक्रिया अघि बढाइसकेको बैँकका सीईओ महेश शर्मा ढकालले बताए ।