April 19th, 2016

एभरेष्ट बैँकले ल्यायो मोबाइलमार्फत रकम पठाउने सुविधा

everest bankबैंकले आधुनिक बैंकिङलाई भित्र्याउने क्रममा एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा सुरु गरेको छ । यो सुविधा प्रयोग गरी रकम भित्र्याउने यो पहिलो बैंक हो । यो सुविधाबाट भारतमा रहेका धेरै नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ । 

भारतबाट पैसा पठाउन इच्छुक ग्राहकहरुले घरमै बसी मोबाइल÷इन्टर बैकिङको प्रयोगबाट पञ्जाव नेशनल बैंकका शाखाहरु तथा पञ्जाव नेशनल बैंकका प्रतिनिधहरुसँग नपुगि मोबाइलमार्फत रकम पठाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पञ्जाव नेशनल बैंक एभरेष्ट बैंकको संयुक्त लगानीकर्ता साझेदार रहेको भारतको ठूलो राष्ट्रिय बैंक हो । भारतमा यसको ६ हजार ६ सय ३५ शाखाहरु  र ८ हजार व्यवसायिक प्रतिनिधि छन् । एभरेष्ट बैंकको ६१ वटा शाखा, पाँच वटा एक्सटेन्सन काउण्टर, २४ वटा राजस्व संकलन काउण्टर र ८४ वटा एटिएम मेसिन छन् ।