April 19th, 2016

सिटिजन्स बैँक दशौं वर्षमा प्रवेश : यसरी मनायो वार्षिकोत्सव

Pic1०६४ बैशाख ७ गते देखि २० औँ वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मंगलबारदेखि दिन देखि आफ्नो नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । बैँकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि बैँकको प्रमुख कार्यालयको प्रांगणमा सम्पन्न गरेको छ । बैँकले सामाजिक उत्तरदायित्व र खेलकुद प्रयोजन सहित करिब १५ लाखको योगदान गरेको छ । 

वार्षिकोत्सवको अवसर पारेर बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली स्थित सित्तलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैँया, १० जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुका लागि ‘बाल विकास समाज’ लाई ७५ हजार रुपैँयाको छात्रवृत्ति, आर्थिक पत्रकार श्री सन्जय न्यौपानेको उपचार खर्च वापत SEJON लाई आर्थिक सहयोग स्वरुप १ लाख,  माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यमा कार्यरत्त ‘Snow Yak Foundation’ लाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैँया, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्थाहरु SAATH र Baby Life Home लाई आर्थिक सहयोग स्वरुप ५०/५० हजार रुपैँया र हिमालय ब्याडमिन्टन क्लबद्धारा आयोजना गरिने सब जुनियर स्कुल ब्याडमिन्टन च्याम्पियनसिप २०१६ सञ्चालनको लागि ५० हजार रुपैँया प्रदान गर्यो । त्यस्तै, बैंकले काठमाडौंको शान्तिनगरस्थित निःसहाय सेवा सदनमा आश्रित ५२ जना वृद्धवृद्धाहरुलाई एक दिने भोजन कार्यक्रमको समेत आयोजना गरेको छ । 

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘Citizens Golf Tournament-2016’ समेत आयोजना गर्यो । वार्षिकोत्सवका उपलक्ष्यमा बैंकले आयोजना गरेको अर्को ‘Citizens Interbank Futsal Tournament’ मा १७ वटा वाणिज्य बैंक सहभागी भएका थिए । यी खेलकुद कार्यक्रमहरु आयोजना गर्न १० लाखको आर्थिक योगदान गर्यो । 

बैंकले आफ्नो वार्षिकोत्सवकै अवसर पारेर मंगलबार विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरीमा घण्टाघर, दर्वारमार्ग, हात्तिसार हुदैं बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । कार्यक्रम बैँकका अध्यक्ष शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । 

खुद मुनाफामा उच्च वृद्धि
सिटिजन्स बैंकले चालु वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ७२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकले नाफामा निकै ठूलो बृद्धि गरेको छ । गत वर्षको भन्दा यस वर्षको नौ महिनामा बैंकको नाफा २६ करोड रुपैयाँ बढेको हो । गत वर्ष बैंकले नौ महिनामा ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको व्यालेन्सिटको आकार नै निकै बढेको छ । निक्षेप तथा कर्जामा ठूलो बृद्धि देखिएको छ जसले बैंकलाई नाफा बढाउन सहयोग पुगेको हो । 

निक्षेप ३४ अर्बबाट ४४ अर्ब रुपैयाँ पुग्यो भने कर्जा लगानी २८ अर्बबाट करिब ३८ अर्ब रुपैयाँ पगेको छ । बैंकको सञ्चालन नाफा एक अर्ब १९ करोडबाट बढेर एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा व्याज आम्दानीमा मात्रै २२ करोड रुपैयाँ भन्दा धेरै थपेको छ । अघिल्लो वर्ष ९४ करोड खुद व्याज आम्दानी गरेको यो बैंकले यस वर्ष एक अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । बैंकले यस अवधिमा २४ करोड रुपैयाँ राइटव्याक गरेको छ । यसले पनि नाफा बढाउन सहयोग गरेको हो । बैंकले २६ करोड रुपैयाँ संभावित नोक्सान व्यहोर्न प्रोभिजन गरेको छ ।