साना तथा मझौला संगठित संस्थाको धितोपत्रसम्बन्धी नियमावली अर्थ मन्त्रालयमा

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली २०८०, स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। बोर्डले आइतबार जेठ ७ गते नियमावली स्वीकृतिका लागि मन्त्रालय पठाएको जनाएको छ। अर्थ मन्त्रालयबाट नियमावली स्वीकृति पश्चात साना तथा मझौला संगठित संस्थाले धितोपत्र निष्कासन गर्न पाउनेछन्। बोर्डले यसअघि नै साना तथा मझौला संगठित संस्थाको […]


आईपीओ निष्काशन गर्दै रावा इनर्जी

बैंकिङ खबर/रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यहि जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ […]


३ लघुवित्तसहित ४ कम्पनीको सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ लघुवित्तसहित ४ कम्पनीको ३२ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। जसमा एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ […]


पुँजी बजारमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत

बैंकिङ खबर/पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा घट्दै गएको छ । जलविद्युतलगायत अरू क्षेत्रका कम्पनीको सूचीकरण बढ्दै गएकाले बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत चैत अन्त्यसम्म पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत रहेको तथ्यांक छ । दोस्रो […]


पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने

बैंकिङ खबर/ राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने बताएका छन्। संघीय संसदको आज बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आगामी वर्ष गैरआवासीय नेपालीलाई पुँजीबजारमा लागनी गर्ने बाटो खुला गर्ने बताएका हुन्। ‘पुँजीबजारको विकासका लागि संरचना सुधार गरिनेछ। पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी […]


सिटी होटलको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

बैंकिङ खबर/सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। काठमाडौं सोल्टीमोडस्थित सिटी होटेलमा शुक्रबार आईपीओ बाँडफाँड गरिएको हो । उक्त होटेलको आईपीओ गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ […]


वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स(सूचीसहित)

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले क वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ। बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य ३१ संस्थालाई एलओआई प्रदान गरेको हो। बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र कारोबारी) नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौ संशोधन गरी नयाँ ब्रोकर लाइसेन्सको बाटो […]


सेयर कर्जाको सीमा पूर्ण रुपमा हटाउन माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बैंकिङ खबर/लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ६ बुँदे माग गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न माग गरेका हुन् । लगानीकर्ताहरुले पुँजीबजारको हालको स्थिती अबगत गराउदै विभिन्न मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाइएको छन् । १ ) लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा […]


नेपाल बैंकसहित दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडसहित दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई […]


एक वाणिज्य बैंकसहित ४ कम्पनीको सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित ४ कम्पनीको साढे ४३ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको ४३ लाख ५६ हजार ४५१.०३ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हो। जसमा कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता, साल्ट […]