
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडसहित दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FOWAD) को २१ लाख ११ हजार १२७.४६९ कित्ता बोनस शेयर नेप्समा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २५ प्रतिशत बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।