Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३ लघुवित्तसहित ४ कम्पनीको सेयर नेप्सेमा सूचीकृत

२०८० जेष्ठ ७ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ लघुवित्तसहित ४ कम्पनीको ३२ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

जसमा एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६.५६ कित्ता र ४ लाख ८६ हजार कित्ता बोनस सेयर छन्।

यी सबै कम्पनीले गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि एनएलजी इन्स्योरेन्सले १० प्रतिशत, लक्ष्मी लघुवित्तले १५ प्रतिशत, इन्फिनिटी लघुवित्तले २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

Ad