Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साना तथा मझौला संगठित संस्थाको धितोपत्रसम्बन्धी नियमावली अर्थ मन्त्रालयमा

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली २०८०, स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।

बोर्डले आइतबार जेठ ७ गते नियमावली स्वीकृतिका लागि मन्त्रालय पठाएको जनाएको छ। अर्थ मन्त्रालयबाट नियमावली स्वीकृति पश्चात साना तथा मझौला संगठित संस्थाले धितोपत्र निष्कासन गर्न पाउनेछन्।

बोर्डले यसअघि नै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली सञ्चालको लागि मस्यौदा तयार पारेको थियो।

Ad