बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित ४ कम्पनीको साढे ४३ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको ४३ लाख ५६ हजार ४५१.०३ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हो।
जसमा कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता, साल्ट ट्रेडिङको २ ला ५३ हजार ५३१.१९ कित्ता, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४.३० कित्ता र मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२.३९ कित्ता छन्।
यी सबै कम्पनीको गत आर्थिक वर्षको बोनस सेयर सूचीकृत भएका हुन्। गत आर्थिक वर्षका लागि कृषि विकास बैंकले २ प्रतिशत, साल्ट ट्रेडिङले १० प्रतिशत, स्वाभिमान लघुवित्तले २० प्रतिशत र मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।