Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर कर्जाको सीमा पूर्ण रुपमा हटाउन माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८० जेष्ठ ३ गते

बैंकिङ खबर/लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ६ बुँदे माग गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।
लगानीकर्ताहरुले पुँजीबजारको हालको स्थिती अबगत गराउदै विभिन्न मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाइएको छन् ।
१ ) लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।
२ ) बाह्र करोडसम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।
३) शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।
४ ) लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।
५ ) विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६)तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

Ad