सिडिएस एण्ड क्लियरिङको सिइओमा पुर्णप्रसाद आचार्य नियुक्त

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्जको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् । पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सो पद रिक्त थियो । आचार्य बैंकका अवकाशप्राप्त कर्मचारी हुन् । सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेकोमा उनीसहित सात जनाको […]


धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालद्धारा राजीनामा

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पदबाट राजीनामा गरेका छन् । धितोपत्र बोर्डमा करिब २४ वर्ष सेवा गरेका पौड्यालले राजीनामा पत्रमा स्वास्थ्यको कारण देखाएका छन् । उनको राजीनामा यही भदौ ३० गते देखि लागू हुने जनाइएको छ । उनी राजीनामा दिएर एकमहिने विदामा बसेका छन् । ।


प्रभु क्यापीटलमा भदौ महिनाभरी निशुल्क डिम्याट खाता खोल्न सकिने

प्रभु क्यापीटलले निशुल्क डिम्याट खाता खोल्ने अवधि थप गरेको छ । “प्रभु क्यापिटल सँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना २०७७ साल […]


सम्पूर्ण काम सकेको लिबर्टी इनर्जीको आइपीओमा लगानी गर्ने अबसर

बैंकिङ खबर । आयोजनाको कवि सम्पूर्ण काम सकेको लिबर्टी इनर्जीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आइपीओका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको लिबर्टीको आइपीओ भदौ ३ गतेबाट खुल्ला गरिएको छ । कम्पनीले निर्माण गरेको जलविद्युत् आयोजनाले आगामी बैशाखबाटै विजुली उत्पादन सुरु गर्ने छ । आयोजनाको अधिकांश निर्माण कार्य सकिएको छ । उक्त कम्पनीद्धारा […]


भौतिक उपस्थिति कम गराई इमेल र अनलाइनमार्फत सेवा लिन नेप्सेको आग्रह

बैंकिङ खबर । दिनानुदिन कोरोना महामारीको संक्रमण बढिरहेको बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले अनलाइन तथा इमेलमार्फत सेवा लिन आग्रह गरेको छ । नेप्सेले नेप्सेले धितोपत्र दलालहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । यस्तै, भौतिक उपस्थितिलाई यथासम्भव कम गराउन र बुझाउनुपर्ने डकुमेन्ट इमेल तथा अनलाइनबाटै पिडिएफ् मार्फत बुझाउन आग्रह गरेको छ । साथै […]


नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, झण्डै दुई अर्बको कारोबार

बैंकिङ खबर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार परिसूचक कारोबारको शुरुवातबाटै उकालो यात्रामा लाग्दा नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ सूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । आज १ सय […]


धितोपत्र बोर्डको नयाँ नीति तथा कार्यक्रमहरु (मुख्य बुँदामा)

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वेभनारमार्फत आगामी आर्थिक वर्ष २०७७ ७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । वेभनारमार्फत बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजी बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै ऋणपत्रको […]


सेयरबजार : सोमबार ३३.२७ अंकले बढ्यो

बैंकिङ खबर । सेयर बजार सोमबार ३३.२७ अंकले बढेको छ । सूचक अब १२९८.७३ अंकमा पुगेको छ । विहान ११ बजे खुलेको बजारमा कारोबार एक अर्ब नजिक कारोबार भएको छ । दिनभरीमा १७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स, स्वदेशी लघुवित्तका लगानीकर्ताले कमाएका […]


लगातार देस्रो दिन शेयर बजारमा उछाल, लगानीकर्ता उत्साहित

बैंकिङ खबर । शेयर बजार परिसूचक नेप्सेमा आज बुधबार पनि उछाल आएको छ । आज पनि सेयर कारोबारमा ‘पोजिटिभ सर्किट’ लागेको हो । बिगत लामो समय बन्द रहेको सेयर बजार खुल्दा बजारमा सकारात्मक संकेत देखिन थालेपछि व्यवसायीहरु समेतउत्साहित देखिएका छन् । आज बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार स्थगित भएको छ । आज ४० […]


आगामी आर्थिक वर्षको प्रस्तावित धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी छलफल कार्यक्रम सम्पन्न

बैंकिङ खबर ।  नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव लिने उद्देश्यले वेबिनारमार्फत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरू, नेप्सेका पूर्व अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, विश्वविद्यालयका प्राध्यापकहरू, धितोपत्र व्यवसायी […]