लगातार देस्रो दिन शेयर बजारमा उछाल, लगानीकर्ता उत्साहित

बैंकिङ खबर । शेयर बजार परिसूचक नेप्सेमा आज बुधबार पनि उछाल आएको छ । आज पनि सेयर कारोबारमा ‘पोजिटिभ सर्किट’ लागेको हो । बिगत लामो समय बन्द रहेको सेयर बजार खुल्दा बजारमा सकारात्मक संकेत देखिन थालेपछि व्यवसायीहरु समेतउत्साहित देखिएका छन् । आज बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार स्थगित भएको छ । आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख एक हजार कित्ता शेयर किनबेच भएका छन् । होटल समूहबाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ । बजार खुलेको पहिलो दिन दोहोरो अंकले घटेको बजारमा मंगलबार भने पोजिटिभ सर्किट लागेको थियो ।
यो अवधिमा नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५२ अंकमा पुगेको छ भने ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
डेढ महिनापछि खुलेको सेयर बजारमा पहिलो दिन नेगेटिभ सर्किट लागेकोमा दोस्रो र तेस्रो दिन भने बढी उत्साहका साथ सर्किट ब्रेक भएको हो ।