July 26th, 2020

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, झण्डै दुई अर्बको कारोबार

बैंकिङ खबर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार परिसूचक कारोबारको शुरुवातबाटै उकालो यात्रामा लाग्दा नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ सूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । आज १ सय ९० कम्पनीको ४५ लाख कित्ता सेयर बिक्री हुँदा १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]