बैंकिङ खबर । दिनानुदिन कोरोना महामारीको संक्रमण बढिरहेको बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले अनलाइन तथा इमेलमार्फत सेवा लिन आग्रह गरेको छ । नेप्सेले नेप्सेले धितोपत्र दलालहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
यस्तै, भौतिक उपस्थितिलाई यथासम्भव कम गराउन र बुझाउनुपर्ने डकुमेन्ट इमेल तथा अनलाइनबाटै पिडिएफ् मार्फत बुझाउन आग्रह गरेको छ । साथै सूचीकृत कम्पनीहरुले सूचीकरण नवीकरण वार्षिक शुल्क विद्युतीय माध्ययमबाट भुक्तानी गर्न र त्यसको जानकारी इमेलमार्फत पठाउन सक्नेछन् ।
सदस्य दलालहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत इमेल पठाउन लगाउने र सोको जानकारी नेप्सेले दिएको वेबसाइटमार्फत गराउन अनुरोध गरिएको छ । सदस्य दलालहरुले कार्यालय सञ्चालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी भौतिक दूरी कायम गर्ने, माक्स लगाउने, ज्वरो नाप्ने, स्यानिटाइजरको प्रयोग गर्ने सम्बन्धमा जारी गरेका निर्देशन तथा सिफारिसहरु कडाइका साथ पालना गर्न नेप्सेले निर्देशन जारी गरेको हो ।

