Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान विकास लघुवित्तद्वारा २६ दशमलव ३१ प्रतिशत लाभांश घोषणा

२०७८ मंसिर ९ गते

बैंकिङ खबर।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

संस्थाको ९ मंसिरमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र सोमा लग्ने कर प्रयोजनाको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश गरी कुल कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन्।