
बैंकिङ खबर।
मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। बिहीबार संस्थाको २० प्रगिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो।
बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ। संस्थाको २४ मंसिरमा आयोजना हुने साधारणसभा प्रयोजनार्थ कम्पनीले बिहीबार बुक क्लोज गरेको छ।
कम्पनीले गत वर्षको नाफाबाट यसले २० प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।



