एनआईसी एशिया लघुवित्तका अध्यक्ष ढकालद्वारा पद तथा गोपनियताको शपथ


Bankingkhabar /November 24, 2021

बैंकिङ खबर।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनिर्वाचित अध्यक्ष कपिल ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको शपथ लिएका छन्।

संस्थामा निर्वाचित/मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिइ सक्नु पर्ने भन्ने व्यवस्था बमोजिम नवनिर्वाचित अध्यक्ष कपिल ढकालले बुधबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक समारोहका बीच बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन्।

संस्थाको चौथो बार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भई लगत्तै बसेको संचालक समितिको बैठकले कपिल ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको थियो।

यस वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाको जगमा संस्थाले हाल मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। आ.व २०७८/७९ को प्रथम त्रैमाससम्ममा करिव १ लाख ५० हजार सेवाग्राही सदस्यहरुलाई सेवा प्रदान गर्न सफल यस वित्तीय संस्थाले लघुकर्जा तर्फ कुल लघुकर्जा रकम करिब रु. २३ अर्ब ५० करोड र बचत तर्फ रु. ३ अर्ब ४३ करोड ८७ लाख पुर्याउन सफल भएको छ।

राष्ट्रियस्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ।


सोसिअल मेडिया