Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भट्टचनद्वारा सपथग्रहण

२०७८ मंसिर ८ गते

बैंकिङ खबर।

आशा लघुवित्त वित्तीय संस्थाको संचालक समितिको गत कार्तिक २७ गतेको बैठकबाट अध्यक्षमा चयन भएका निर्गुणप्रसाद भट्टचनले आज नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सपथ ग्रहण गराएको उक्त कार्यक्रममा विभागकी निर्देशक मिना पाण्डे, आशा लघुवित्त वित्तीय संस्थाका संचालक प्रदिपकुमार खड्का, अविनास सिलवाल तथा प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालको उपस्थिति रहेको वित्तीय संस्थाले जनाएको छ ।

“विपन्न समुदायको निम्ति आशा’’ भन्ने मुल नाराका साथ ०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको हालसम्ममा ६८ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४८ करोड कर्जा लगानीमा रहिरहेको तथा १ अर्व ४३ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए।