Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

इन्फिनिटी लघुवित्तद्वारा २९.१६ प्रतिशत लाभांश प्रस्ताव

२०७८ मंसिर ८ गते

बैंकिङ खबर।

इन्फिनिटी लघुवित्तले आफ्ना शेयरधनी लगानीकर्तालाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले गत गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७.७० प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश दिने भएको हो। गत शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको थियाे।

वितरण प्रस्तावअनुसार लघुवित्तले बोनस शेयरतर्फ कुल ८ करोड ९९ लाख ९ हजार ८ सय १२ रूपैयाँ ७४ पैसा वितरण गर्नेछ भने नगद बोनसतर्फ कुल ४६ लाख ३२ हजार ९५ रूपैयाँ ४१ पैसा खर्च गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बताइएकाे छ।