सामलिङ्ग पावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत, बिहीबारबाट कारोबार


Bankingkhabar /November 24, 2021

बैंकिङ खबर।

सामलिङ्ग पावर कम्पनीको शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। बुधबार कम्पनीको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण भएको हो।

अब बिहीबारबाट यसको शेयर कारोबार पनि खुल्ला हुनेछ। कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसादेखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ। त्यसअनुसार कम्पनीको शेयर बिहीबारबाट कारोबारमा आउनेछ। कम्पनीले ४-८ कात्तिकसम्म सात लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो।


सोसिअल मेडिया