November 23rd, 2021

राष्ट्र बैंकद्धारा लघुवित्त निर्देशीका संसोधन : सेयर लगानीमा कडाई

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई संगठित संस्थामा सेयर लगानी गर्न नपाउने निर्देशीका जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ लाई संशोधन गर्दै यस्तो व्यबस्था गरेको हो । राष्ट्र बैंकले गरेको व्यबस्था अनुसार लघुवित्तले संगठित संस्थाको सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन्। हाल कायम रहेका यस्ता लगानी २०७९ साल असार मसान्तभित्रमा विनिवेश गरिसक्नुपर्ने छ।

D-class-Unified-Directive-amendment-circular-3

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]